Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

बालेनलाई आरजु राणाको प्रश्न- रूटिङ अफ नेपाल बन्द कतिमा ‘हायर’ गर्नुभयो ?

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर चुनावी प्रचार गरेको दाबी गरेकी छन्।

बालेनले रूटिन अफ नेपाल बन्दलाई कन्सल्टेन्सीका रूपमा प्रयोग गरेको आरजुको भनाइ छ।

सोमबार पोखरामा नेपाल तरूण दलले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजुले स्वतन्त्रहरूले एउटा(एउटा गुण पहिचान गरेर जित्न सफल भएको बताइन्।

‘अहिले जति पनि स्वतन्त्रले जितेका छन् नि, उनीहरू एउटा-एउटा गुण पहिचान गरी नेता बनेका हुन्,’ उनले भनिन्, ‘म ओपन्ली त भन्न चाहन्न, तर सोसल मिडिया रूटिङ अफ नेपाल बन्द बालेनले कतिमा ‘हायर’ गर्नुभयो ? '

स्वतन्त्र उठेर जितेकाहरूले कस्तो काम गर्छन् त्यो हेर्न बाँकी रहेको उनले बताएकी छन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077