Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वामदेवले बोलाए कम्युनिस्ट पार्टीहरूबीच एकताका लागि राष्ट्रिय भेला

काठमाडौं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले नेपालका कम्युनिस्ट पार्टीहरूबीच एकताका लागि नयाँ चरणको एकताको अभियान सुरु गर्न राष्ट्रिय भेला बोलाएका छन् ।

राष्ट्रियसभा सांसद रहेका गौतमले शनिबार ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा राष्ट्रिय भेला बोलाएका हुन् ।

गौतमका स्वकीय सचिव दीपक टमाटाले पार्टी एकता राष्ट्रिय भेलामा सबै जिल्लाबाट प्रतिनिधि पठाइदिन आग्रह गरिएको बताए ।

'नेपालका कम्युनिस्ट पार्टीहरूबीच एकताको आवश्यकताको विषयमा छलफल गर्नका लागि राष्ट्रिय भेला बोलाउनु भएको हो‚' टामाटाले भने, 'अभियानमै रहेका कतिपय नेताहरू दलतिर लाग्नु भएको छ । जता लागे पनि एकता चाहनेहरू यो भेलामा उपस्थित हुनसक्ने बताउनु भएको छ ।'

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077