Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कैलालीबाट लागूऔषध र नगदसहित दुईजना पक्राउ

कैलाली । कैलालीमा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर २ रामजानकी टोल बस्ने १९ वर्षीय दिपेन्द्रबहादुर मल्ल र मिलनचोकमा ग्रिनलेण्ड प्लाजाका सञ्चालक २९ वर्षीय चक्रसिंह पार्की पक्राउ परेका हुन् ।

मल्लको कोठाबाट ५ ग्राम लागूऔषध खैरो हेरोइन र पार्कीको होटलबाट ४ ग्राम ३०० लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार कोठाबाट ५ ग्राम खैरो हिरोईनसहित नेपाली नगद ४६ हजार ४५० रुपैयाँ र भारतिय चार हजार बरामद गरिएको उनले बताए ।

यस्तै ग्रिनलेण्ड प्लाजाको सञ्चालक पार्कीको साथबाट ४ ग्राम ३०० मिलिग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए । दुबै जनामाथि थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077