Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रिय सभागृहमा राजनीतिक अभियानको औपचारिक घोषणा गर्दै रवि

    राष्ट्रिय सभागृहमा राजनीतिक अभियानको औपचारिक घोषणा गर्दै रवि

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 735
    SHARES

    काठमाडौं । रवि लामिछानेले आज आफ्नो राजनीतिक अभियानको औपचारिक घोषणा गर्दै छन् ।

    सञ्चारकर्म त्यागेर राजनीतिमा होमिएका उनले पार्टीकै घोषणा गरेर अघि बढ्ने या कसरी भन्नेबारे आज नै घोषणा गर्न लागेका हुन् ।



    त्यसका लागि दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम राखिएको छ । यसैबीच राजधानीको बसुन्धारामा रविले सम्पर्क कार्यालय खोलेका छन् ।



    रविले संघीय निर्वाचन लड्ने निश्चित रहेपनि कुन क्षेत्रबाट लड्ने भन्ने खुलाएका छैनन् ।

    यसैबीच रवि लामिछानेका दाइ हरिशरणले पनि प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । हरिशरणले काठमाडौं–३ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार