Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धेरैपछि शेयर बजारमा हरियाली, नेप्से ३७.४९ अंकले बढ्यो

काठमाडौं । मंगलबार शेयर बजारमा हरियाली छाएको छ । लामो समयपछि आज शेयर बजार भारी अंकले बढेर १९०० को बिन्दुमा उक्लिएको छ ।

आज नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसूचक ३७.४९ अंकले बढेर १९२२.३० को विन्दुमा कायम भएको छ ।

नेप्से उकालो लागेपनि यस दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ७५ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २३१ स्टकको २५ हजार ३६४ पटकको कारोबारमा १ अर्ब २५ करोड ३७ लाख ५७ हजार रुपैयाँ बराबरको ३७ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.८९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

नेप्से बढेसँगै यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आँधीखोला लघुवित्त, सिवाईसी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन सामुदायिक लघुवित्त, रिभर फल्स पावर, शिवश्री हाइड्रोपावर र एनएमबि हाइडब्रिड फण्ड एल १ को मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावट दर भने ३ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नबिल बैंकको ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077