Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालिकालाई यौन क्रियाकलापमा लगाउने हजुरआमासहित दुईजना पक्राउ

काठमाडौं । अर्घाखाँचीमा बालिकालाई यौन क्रियाकलापमा लगाउने एक महिलासहित दुईजना पक्राउ परेका छन् ।

जिल्लाको सन्धिखर्क नगरपालिकामा १४ वर्षीया बालिकालाई ललाइफकाइ यौन क्रियाकलापमा लगाउने हजुरआमा नाता पर्ने ४० वर्षीया महिला र बालिकालाई जबरजस्ती करणी गर्ने २२ वर्षीय ओमप्रकाश न्यौपाने पक्राउ परेका हुन् ।

हजुरआमा नाता पर्नेले चाउचाउ, बिस्कुट खुवाउने आश्वासन तथा लोभ देखाएर बालिकालाई यौन क्रियाकलापमा संलग्न गराएर पैसा असुल्ने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077