Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कैलालीबाट लागूऔषधसहित दुईजना पक्राउ

कैलाली । कैलालीमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका-५ तारानगर डेरा गरी बस्ने २८ बर्षीय प्रेम ऐडी र वडा नम्बर २ पुरानो भन्सार बस्ने अन्दाजी २७ बर्षीय गणेश विष्ट लागूऔषधसहित पक्राउ परेका हुन् ।

लागूऔषध कारोबार गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा बझाङ बुंङ्गल नगरपालिका वडा वडा नम्बर ८ घर भई धनगढीको तारानगर डेरा गरी बस्ने ऐडीको कोठाबाट २.५ केजी चरेश बरामद गरेको हो ।

यस्तै विष्टको घरबाट १० ग्राम (खैरो हेरोईन) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनीहरु दुबै जनामाथि थप अनुसनधान कार्य भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077