Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मन्त्रिपरिषद हेरफेर गर्न प्रधानमन्त्री देउवालाई एकीकृत समाजवादीको दबाव

    मन्त्रिपरिषद हेरफेर गर्न प्रधानमन्त्री देउवालाई एकीकृत समाजवादीको दबाव

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 960
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीले निर्णय गरेअनुसार तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिएको छ ।

    बुधबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तरुन्त कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई दबाव दिने निर्णय गरेको नेता झलनाथ खनालले बताए ।



    एकीकृत समाजवादी पार्टीले हाल सरकारमा रहेका मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने र जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको थियो ।



    त्यस्तै हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री बनाउने निर्णय थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार