Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मन्त्री हेरफेर तुरुन्तै कार्यान्वयन गर्नुपर्यो भनेर निर्णय भएको छ : झलनाथ खनाल

    मन्त्री हेरफेर तुरुन्तै कार्यान्वयन गर्नुपर्यो भनेर निर्णय भएको छ : झलनाथ खनाल

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 681
    SHARES

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरसम्बन्धी पार्टीले यसअघि नै गरेको निर्णय अब चाँडै नै कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

    खनालले नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू बदल्ने पार्टीको निर्णयलाई बेवास्ता भएको भन्दै बुधबार बासेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले तत्काल कार्यान्वयन गराउन लगाउने निर्णय भएको खनालले बताए ।



    ‘आज सचिवालयको बैठक बसेको थियो चाँडै नै पोलिटब्युरो बैठक, केन्द्रीय समितिको बैठक, केन्द्रीय परिषद्को बैठकको तयारीको विषयका छलफल गर्‍यौँ,’ ‘यसबाहेक मन्त्रिपरिषदमा हाम्रो टिम बदल्ने भनेर निर्णय गरेका छौं । त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गरेका छैन, तुरुन्तै कार्यान्वयन गर्नुप¥यो भनेर निर्णय भएको छ ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार