Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एन्फाको महासचिवमा राई र कोषाध्यक्षमा जोशी मनोनित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनित भएका छन् ।

बुधबार बसेको नवनिर्वाचित एन्फा कार्यसमितिको पहिलो बैठकले राईलाई महासचिव मनोनित गरेको हो । राई अघिल्लो कार्यसमितिमा प्रवक्ता थिए ।

तर, मुख्य प्रशिक्षक अल्मुताइरी र तत्कालीन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवाद भएपछि राईले राजीनामा दिएका थिए ।

आजैको बैठकले रवीन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको हो । जोशी अघिल्लो कार्यसमितिमा पनि कोषाध्यक्ष नै थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077