Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • यस्तो छ चौरपाटी गाउँपालिकाको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ चौरपाटी गाउँपालिकाको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 1.5K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कृषिलाई उच्च प्राथमिकतामा राखेर पालिकाले बिहीबार आफ्नो कार्यक्रम सार्वजनिक गरेको हो ।

    त्यसैगरी शिक्षा, स्वाथ्य, खानेपानी तथा सरसफाई, पर्यटन बिकास, पुर्वाधार, बन तथा वातावरण, सुशासन तथा सस्थागत क्षमता-अभिबृद्धि लगायतका बिषयलाई प्राथमिकतामा पारेको छ । निति तथा कार्यक्रममा रैथाने बालीहरु सरक्षण, फलेको कोदो, कुटेको धान कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरेको छ ।



    न्युन पारिश्रमिकमा रहेका विद्यालयका कर्मचारी, बाल बिकासका सहजकर्ताहरुलाई प्रोत्साहन बजेटको व्यवस्था गरेको छ । गाउँपालिकाले त्यसैगरी एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिएको छ ।



    गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदको अध्यक्षतामा सम्पन्न भएको गाउँसभामा निति तथा कार्यक्रम र बार्षिक बजेट वडा नम्बर ५ का वडाअध्यक्ष हिमकर्ण खड्काले प्रस्तुत गरेका थिए । सभाले आगामी आर्थिक बर्ष २०७९/०८० को लागि ४५ करोड ३७ लाख २५ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार