Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेकपा फुट्नुमा मेरो पनि गल्ती छ : नेता गौतम

काठमाडौं । नेकपा पार्टी फुटमा आफ्नो पनि गल्ती भएको नेता वामदेव गौतमले बताएका छन्। नेकपा एकता राष्ट्रिय अभियानको बैठकमा गौतमले पार्टी फुटमा आफ्नो गल्ती रहेको भन्दै आत्मालोचना गरेका हुन्।

' पार्टी फुट्नुमा मेरो पनि गल्ती छ। म एकपट्टी लाग्नुहुन्नथ्यो,' गौतमले भने। नेकपा फुटेपछि अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी बनेको छ।

गौतमले पार्टी फुट्नुमा त्यतिबेलाको सचिवालय सदस्यहरुको पनि दोष रहेको बताए।

आफूले ओली सरकार जोगाउन दुईपटक अविश्वासको प्रस्ताव असफल गराएकोसमेत दाबी उनले गरे। गौतमले स्थानीय निर्वाचनमा कांग्रेस पहिलो शक्तिको रुपमा उदाएकोले अब तीन पार्टी एक हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077