Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गठबन्धनका सबै घटकले मिलेरै जाऊँ भन्नुभएको छ : माधव नेपाल

    गठबन्धनका सबै घटकले मिलेरै जाऊँ भन्नुभएको छ : माधव नेपाल

    अनलाइन नेपाल
  • शनिबार, ११ असार २०७९
  • 810
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनका सबै घटकले आगामी चुनावमा पनि मिलेर जाने प्रस्ताव राखेको भन्दै यसको आवश्यकता अझै भएको बताएका छन् ।

    शनिबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेर जानुपर्ने प्रस्ताव राखेको र प्रचण्डले पनि विगतका कमजोरीमा आत्मआलोचना गर्न तयार रहेको बताए ।



    ‘गठबन्धनका सबै घटकले हामीलाई मिलेरै जाऊँ भन्नुभएको छ’, नेपालले भने, ‘कांग्रेसका तर्फबाट शेरबहादुरजीले गठबन्धनको आवश्यकता छ, चुनावमा पनि मिलेर जाऊँ भन्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीले विगतमा भएका कमजोरी स्वीकार्नुभएको छ, ती नदोहोरियोस् भन्नेमा सजग हुनुपर्छ भन्नु भएको छ ।’



    उनले आफ्ना पार्टीका नेताहरुले पनि गठबन्धन गरेर जानुपर्ने धारणा राखेको भन्दै यसको अझै आवश्यकता रहेको बताए। स्थानीय चुनावमा करिब २८ प्रतिशत मात्रै उम्मेदवारी दिएकाले पनि आफूहरुको कुल मत कम आएको दावी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार