Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

लहानमा गोली चल्यो, एक जना घाईते

सिरहा । सिरहाको लहान नगरपालिका २२ बेलीजटियाही टोलमा गोली चलेको छ। गोली चल्दाँ एक जना घाईते भएको छन्।

घटनामा संग्लन रहेका दुई जनालाई पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रबिन्द्र चौधरीको घरको माथिल्लो तल्लामा स्थानीय १९ वर्षीय सुशान्त चौधरी, १५ वर्षीय सुरज मुखिया र १८ वर्षीय दिलिप मुखिया बसिरहेको थिए।

ख्याल-ख्यालमै सुशान्तले गोली चलाउँदा दिलपको पेटमा गोली लागेको प्रहरीले जनाएको छ। गोली चलेको धेरै बेरपछि प्रहरीलाई स्थानीयले खबर गरेको थिए।

प्रहरीले सुशान्त र सुरजलाई नियन्त्रणमा लिएको छ। घटनास्थलबाट प्रहरीले कटुवा पेस्तोल १ थान, ७.६५ एमएम लेखिएको गोली ५ राउन्ड, म्यागजिन १ थान, गोलीको खोखा एक थान बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077