Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

शेयर बजार हरियाली,९४ अंकले बढ्यो नेप्से

काठमाडौं । आइतवार शेयर बजारमा हरियाली छाएको छ ।

१८०० को बिन्दुमा झरेको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आइतबार ९४.९२ अंकले बढेर १९५६.९८ को बिन्दुमा उक्लिएको छ ।

आज नेप्सेमा २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर खरिदबिक्री हुदाँ २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ रुपैंया बराबरको शेयर कारोबार भएको छ ।

नेप्सेमा लगभग डेढ महिना पछि २ अर्ब बढीको कारोबार भएको हो । यसअघि वैशाख २९ गते २ अर्ब २६ करोड बढीको शेयर कारोबार भएको थियो ।

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक कुमारी बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको आज एकैदिन ८ करोड ६४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो ।

यस दिन १३ वटै उपसमूहको परिसूचक उकालो लागेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक ८.८७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ८.३० प्रतिशत बढेको छ।

कारोबारमा आएका वित्त, जलविद्युत, अन्य र व्यापार उपसमूहको परिसूचक ७ प्रतिशतभन्दा बढी बढेको छ भने लघुवित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077