Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १६ गतेसम्मका लागि स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक अगामी असार १६ गतेसम्मका लागि स्थगित गरिएको छ । सरकारको आग्रहमा प्रदेशसभा सचिवालयले सूचना टाँस्दै १६ गतेसम्म बैठक स्थगित गरिएको जनाएको छ ।

असार १ गते आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभामा अगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा असन्तुष्टि जनाउँदै संशोधन गर्न सांसदहरूले माग गरेका छन् ।

बजेटमा सरकारविरूद्ध सत्तारूढ र विपक्षी दलका सांसद एकजुट भएपछि प्रदेशसभाको बैठक चल्न सकेको छैन ।

सांसदहरूको विरोधकै कारण ८ गतेका लागि बोलाइएको बैठक १२ गतेसम्म सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077