Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यी हुन् रवि लामिछानेको पार्टीका २० केन्द्रीय सदस्य [नामावलीसहित]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले २० सदस्यीय केन्द्रीय समिति गठन गरेको छन् । विभिन्न क्षेत्रका सक्रिय व्यक्तिहरुलाई समेटेर लामिछानेले २० सदस्यीय केन्द्रीय समिति बनाएका हुन् ।

यद्धपी पाटीमा उनी जस्तै चर्चित अनुहार भने देखिएका छैनन् । सबै जसो राजनीतिमा नयाँ अनुहार छन् । तर, हालसम्म केन्द्रीय समितिलाई गोप्य नै राखिएको छ ।

२० सदस्यीय केन्द्रीय समितिमा धादिङका डोलप्रसाद अर्याल, मोरङका डा.मुकुल ढकाल, डडेल्धुराका दीपक बोहरा, गोरखाका कविन्द्र बुर्लाकोटी, काठमाडौंका गणेश पराजुली, नुवाकोटका रामकृष्ण भट्टराई, धादिङका उपेन्द्र पाण्डे, चितवनका महेश्वर घिमिरे, दाङका विपिनकुमार आचार्य, धादिङकी बसुमाया तामाङ छन् ।

त्यस्तै, गोरखाकी एलिजा गुरुङ, काठमाडौंकी कुसुम महर्जन, दोलाखाकी सोविता गौतम, सुनसरीकी गीता रेग्मी, लमजुङका डा प्रभात अधिकारी, मोरङकी रबिना घिमिरे, नवलपरासीका इश्रामुल्ला मिया, सिरहाका डा राकेश यादब, धादिङका विष्णुकुमार श्रेष्ठ र भक्तपुरकी प्रमिला कुलुजु छन् ।

२० केन्द्रीय सदस्यमध्ये विपिनकुमार आचार्य ग्यालेक्सी टिभीकै सञ्चालक हुने भने दीपक बोहरा रवि लामिछानेकै पत्रकार साथी हुन् । पार्टी घोषणा कार्यक्रममा अध्यक्ष लामिछानेले देशभरिबाट समानुपातिक भोट संकलन गर्नुपर्ने भएकाले पार्टी बनाएको बताएका थिए ।

उनले केन्द्रीय समितिमा ५० प्रतिशतभन्दा माथि युवालाई समेट्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डासहित आमनिर्वाचनमा जाने बताएका थिए । उनले आमनागरिकलाई चाहिएजस्तै राजनीतिक दल बनाएर क्षमतावान् मान्छेका साथ देशलाई नयाँ म्यान्डेट दिनेसमेत दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077