Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आयरल्यान्डविरुद्ध भारत ७ विकेटले विजयी

एजेन्सी । आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ । वर्षाका कारण खेललाई १२ ओभरमा छोट्याइएको थियो ।

जितसँगै भारतले दुई खेलको शृंखलामा १-० को अग्रता बनाएको छ । १०९ रनको विजयी लक्ष्य पछ्याएको भारतले नौ ओभर तीन बलमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

भारतका दिपक हुडाले सर्वाधिक ४७ रन बनाए । यस्तै, कप्तान हार्दिक पान्ड्याले २४ रनको योगदान गरे । आयरल्यान्डका क्रेग योंगले दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित १२ ओभरमा चार विकेट गुमाउँदै १०८ रन बनाएको थियो । आयरल्यान्डका युवा ब्याटर ह्यारी टेक्टरले सर्वाधिक ६४ रन बनाए । भारतका स्पिनर युजभेन्द्र चहल एक विकेट लिए । अब, दोस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077