Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • गैंडाको खाग तस्करी गर्ने राम कुमार पक्राउ

    गैंडाको खाग तस्करी गर्ने राम कुमार पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 1.1K
    SHARES

    चितवन । गैंडाको शिकार गरी खागको खरिद-बिक्री तथा ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त टोलीले राम कुमार प्रजालाई पक्राउ गरेको हो ।



    चितवनको कालिका नगरपालिका वडा नं.११ साबिक सिद्दी गा.वि.स.वडा नं.३, सैपाङ बासघारी घर भई हाल जिल्ला तनहुँ व्यास गाउँपालिका वडा नं. ११, मुलपानी बस्ने ५२ वर्षीय प्रजालाई मकवानपुरको हेटौँडाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    उनी संरक्षित वन्यजन्तु गैँडा शिकार गरी त्यसको खाग राख्ने, खरिदरबिक्री तथा ओसारपसार गरेको मुद्दा लगायत अन्य मुद्दामा समेत प्रतिवादी भई फरार रहेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार