Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चिकित्सक कुटपिट प्रकरण : पाँचजना ट्राफिक प्रहरी कारबाहीमा

काठमाडौं । ललितपुरमा एक चिकित्सकलाई कुटेको आरोप लागेका पाँचजना ट्राफिक प्रहरी कारबाहीमा परेका छन् ।

ललितपुरको पुल्चोकमा रहेको आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङलाई एक जवानले कुटपिट गरेको अभियोग लागेपछि पाँच जना कारबाहीमा परेका हुन् ।

डा. घिसिङलाई ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले कुटेको प्रारम्भिक जाँचबुझमा देखिएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ ।

यस्तै अन्यले पनि रोक्नुपर्नेमा त्यसका लागि भूमिका खेलेको नदेखिएकाले चेकिङमा रहेका पाँचैजनालाई जिम्मेवारीबाट हटाइएको बताइएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार अहिले उनीहरुलाई बग्गीखाना फिर्ता पठाइएको छ ।

डा. घिसिङका तर्फबाट उनकी दिदीले घटनाबारे छानबिन र कारबाहीका लागि माग गर्दै प्रहरीमा निवेदन पनि दिएकी छन् । सोमबार राति पौने ९ बजे ड्युटी सकेर पैदल हिँड्दै कुसुन्तीस्थित घर फर्किरहेका डा. घिसिङलाई एकान्तकुनस्थित चेक पोइन्ट नजिकै पुगेपछि ट्राफिक प्रहरीले कुटपिट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077