Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आयरल्यान्डमाथि भारतको रोमाञ्चक जित

एजेन्सी । भारतले दोस्रो तथा अन्तिम टी–२० क्रिकेटमा आयरल्यान्डलाई चार रनले पराजित गरेको छ ।

योसँगै भारतले आयरल्यान्डसँगको श्रृङ्खला जितेको हो । जितका लागि २ सय २६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २१ रन बनायो ।

आयरल्यान्डका कप्तान एन्ड्री बलबर्नीले ६० रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । पउल स्टर्लिङ ४० र ह्यारी टेक्टर ३९ रनमा आउट भए । जर्ज डोकरेल ३४ रन तथा मार्क आदिर २३ रनमा अविजित रहे ।

भारतका भुवनेश्वर कुमार, हर्षल पटेल, रवि विश्रोई र उमरान मकिलले एकरएक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय २५ रन बनाएको थियो ।

भारतका दीपक हुडाले १ सय ४ रनको शतकीय पारी खेले । टी–२० मा सुरेश रैना, रोहित शर्मा र लोकेश राहुलपछि शतक प्रहार गर्ने हुडा भारतका चौथो खेलाडी हुन् । सञ्जु स्यामसन ७७ रन आउट भए । आयरल्यान्डका मार्क आदिरले ३, जोश लिटिल र क्रेग याङ्गले समान २/२ विकेट लिए ।

पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । भारतले यो वर्षको तेस्रो टी–२० सिरिज जितेको छ । यसअघि भारतले श्रीलंका र वेस्ट इन्डिजलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077