Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिवि कर्मचारी संघमा एमाले निकट कर्मचारीको प्यानलै विजयी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कर्मचारी संघको १२औं निर्वाचनमा एमाले निकट कर्मचारीको प्यानलै विजय भएको छ ।

असार १० गते नयाँ नेतृत्वका लागि भएको चुनावमा प्रजातान्त्रिक-वाम लोकतान्त्रिक गठबन्धनलाई हराउँदै अध्यक्षमा एमाले निकट छत्रबहादुर कार्की विजयी भएका हुन् ।

मंगलबार राति सकिएको मतगणना अनुसार कार्कीले २४४१ मत पाए भने गठबन्धनका उम्मेदवार पूण्यप्रसाद आचार्यले १९२७ मत ल्याए । त्यस्तैगरी संघको महासचिवमा प्रगतिशील कर्मचारी समूहकी सिर्जना भोमीले २१९३ मत ल्याएर विजयी भइन् ।

गठबन्धनका दुर्गाप्रसाद तिमिल्सिनाले १८८४ मत प्राप्त गरेका छन् । महासचिवमा स्वतन्त्र उम्मेदवारी दिएका प्रदीप सापकोटाले १५० मत पाए ।
एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, महासचिवसहित २५ सदस्यीय केन्द्रीय समितिमा सबैमा एमालेनिकट कर्मचारी विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077