Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माधव नेपालको गुनासो- फिर्ता भएका मन्त्री बोल्नै छाडे

काठमाडौं । फिर्ता भएका मन्त्रीले आफू लगायतका नेतासँग राम्रोसँग बोलचालसमेत नगरेको समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गुनासो गरेका छन् । मन्त्रीबाट फिर्ता भएदेखि अधिकांश मन्त्री पार्टीको बैठकमासमेत सहभागी नभएको उनले बताए ।

सरकारबाट फिर्ता भएका मन्त्रीहरूले आफूलाई ६ महिनाका लागि मात्रै सरकारमा पठाइएको हो भनेको सुन्न चाहेको उनले बताए।

उनले भने, ‘४ जना मन्त्रीमध्ये अहिलेसम्म प्रेमबहादुर आलेले मात्रै ६ महिनाका लागि हामीलाई सरकारका पठाएको हो भन्नुभयो । त्यो बाहेक अरू एक जनाले पनि भनेको छैन ।

अझै पनि मेरा यी कानले सुन्ने गरी, बुझिने गरी पटक–पटक ६ महिनाका लागि हामीलाई पठाएको हो भनेको सुन्न मन त । मलाई मात्र होइन हाम्रो पार्टीलाईसमेत ६ महिनाका लागि मात्रै हामीलाई सरकारका पठाएको हो भनेको सुन्न मन छ ।‘

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077