Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समयबद्ध काम गरौं भनेर महाधिवेशनमा होमिन खोज्दा पाखा लगाइयो : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । ६४ औं संसद दिवसका अवसरमा आयोजित कार्यक्रममै उनले पार्टी सञ्चालनका सन्दर्भमा आलोचना गरेका हुन् ।

‘प्रधानमन्त्रीलाई समय कम हुन्छ, मलाई थाहा छ ,’ उनले भने, ‘हाम्रो प्रधानमन्त्रीलाई समयको अवस्था कति छ ? भन्ने कुरा कामकारबाहीबाट देखिन्छ । समय पुगेन मलाई भन्नी फेरि गर्नुपर्ने काम चाहीँ पेन्डिङमैं राखिरहनी ।’

पार्टीभित्र ६ महिनामा गर्नुपर्ने काम पनि नगरेको भनेर चर्चा चलिरहेका बेला त्यसैतर्फ ईंगित गर्दै वरिष्ठ नेता पौडेलले देउवालाई कटाक्ष गरेका हुन् । ‘समय पुगेन भन्या,छ, दगुरी राख्या छ, छिटोछिटो ।

काम चाहीँ आफूले गर्नुपरेका ६ महिनामा गर्नुपर्ने काम पनि जम्मै अलपत्र,’ उनले भने । समयबद्ध काम गरौं भनेर आफूले नारा दिएर महाधिवेशनमा होमिन खोज्दा पाखा लगाइएको पौडेलको गुनासो गरे । ‘मैले वास्तवमा सुनौलो भविष्यका लागि समयबद्ध काम गरौं भनेर नारा दिएको त मलाई नै पाखा पारियो,’ उनले अगाडि भने, ‘अनि यही हो नि देश । अनि यही हुन्छ ? अनि यो देशलाई कल्ले उद्धार गरिदिने हो ?’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077