Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंमा मकै बेच्ने महिलामाथि नगर प्रहरीको लछारपछार, मेयर बालेनको चर्को विरोध

काठमाडौं । काठमाडौं महानगरपालिकामा मकै बेच्दै हिँडेकी एक महिलाको ठेलालाई नगर प्रहरीले नियन्त्रणमा लिएपछि मेयर बालेन्द्र शाह (बालेन)को विरोध हुन थालेको छ । महानगरको वडा नम्बर ४ महाराजगञ्जमा शुक्रवार दिउँसो मकै बेच्ने महिलामाथि नगर प्रहरीले लछारपछार गर्दै ज्यादती गरेपछि मेयर शाहको सर्वत्र विरोध हुन थालेको हो । ठेलामा राखेर मकै बेच्दै हिँडेकी ती महिलाको ठेला नगर प्रहरीले नियन्त्रणमा लिएको थियो । आफ्नो ठेला प्रहरीले उठाएपछि महिलाले हार गुहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडिओ भाइरल भएपछि अहिले नगर प्रहरी र मेयर शाहको चर्को आलोचना भइरहेको छ । उक्त भिडिओमा महिलाले हार गुहार गरेपनि नगर प्रहरीले उनलाई नै सडकमा लछारपछार गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077