Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

२७ हजार नक्कली नोटसहित दुईजना पक्राउ

काठमाडौं । काठमाडौं प्रवेश गर्ने फर्पिङ चेक प्वाइन्टबाट २७ हजार नक्कली रूपैयाँसहित दुईजना पक्राउ परेका छन् ।

काठमाडौं प्रहरीका अनुसार बरामद नोट सबै एक हजार दरका छन् । पक्राउ पर्नेमा सर्लाहीको बसबरिया गाउँपालिकाका २६ वर्षीय प्रमोद ठाकुर र २५ वर्षीय गंगाकुमार यादव छन् ।

ना। ३४ प ५५७० नम्बरको मोटरसाइकलमा आइरहेका उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले खानतलासी लिँदा नक्कली पैसा बरामद भएको थियो ।

दुईजनामाथि अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077