Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईजीपी बढुवामा असन्तुष्ट एआईजी पोखरेलको तेस्रो विदा पनि अस्वीकृत

काठमाडौं । आईजीपी बढुवामा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले मागेको तेस्रो बिदा पनि अस्वीकृत भएको छ ।

सरकारले एआईजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेलगत्तै पोखरेल एक महिनाका लागि विदा बसेका थिए ।

तत्कालिन एआइजी सिंहलाई नियुक्त गरेकोप्रति असन्तुष्टि जनाउदै सर्वोच्च अदालमा मुद्दा दायर गर्न पुगेका पोखरेलले तेस्रो पटक बिदामा बस्न पाउ भन्दै निवेदन दिए पनि प्रहरी प्रधान कार्यालयले अनुसन्धानपछि बिदा अस्वीकृत गर्ने निर्णय गरेको हो ।

गत बैशाख ३० मा स्थानीय तहको निर्वाचनको विषम परिस्थितिमा पनि पोखरेल विदामा बसेर सरकाविरुद्ध मुद्दा लडिरहेका थिए ।

सरकारले गत बैशाख १८ गते धिरजप्रताप सिहंलाई आईजीपीमा नियुक्त गरेको थियो । पोखरेलले आफूभन्दा जुनियर एआईजीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको भन्दै अदालतमा सरकारविरुद्ध १९ वैशाखमा रिट निवेदन दिएका थिए ।

उनले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अघि रहेको दावी गर्दै सिंहको बढुवा खारेजीको माग गरेका थिए । तर उनको निवेदन अदालतमा सुनुवाइकै क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077