Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पदाधिकारीसहित स्थायी समिति घोषणा गर्दै माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले आजको बैठकबाट पदाधिकारीसहित स्थायी समिति घोषणा गर्ने भएको छ ।

मंगलबार बसेको पूर्वस्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिएको छ ।

आइतबारदेखि जारी केन्द्रीय कमिटी बैठक पदाधिकारी र स्थायी कमिटीको टुंगो लगाउन नसक्दा मंगलबार नबसेर बुधबारका लागि सरेको थियो ।

पदाधिकारी र स्थायी समिति सदस्यको नामसूची तयार पार्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई दिइएको थियो । अध्यक्ष प्रचण्डले केन्द्रीय समितिको बैठकमा नाम घोषणा गर्ने छन् ।

उक्त नाममा कसैको विमति भए विमतिका रुपमा दर्ज हुने छ । त्यस्तो अवस्थामा बहुमतले पारित गरेर अघि बढ्ने बैठकमा सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077