Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

श्रीमतीको हत्या गरेर फरार रहेका अन्सारी पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका एक जना दोषीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले बाँकेस्थित नेपाल भारत सीमा नाकाबाट कर्तव्य ज्यान मुद्दामा २० वर्ष जेल सुनाइएका नेपालगञ्ज उपमहानगरपालिका–६ का ३३ वर्षीय अच्छन अली अन्सारीलाई प्रकाउ गरेको हो ।

अच्छनले २०७५ असार ३१ गते दाइजो कम ल्याएको भन्दै आफ्नी श्रीमतीलाई कुटिपट गर्दै शरीरका विभिन्न भागमा भालाले हान्दा उनको मृत्यु भएको थियो।

अच्छनको कुटाईबाट गम्भीर घाइते भएकी उनकी श्रीमती रुवी अन्सारीको उपचारको क्रममा भारतको लखनउमा २०७६ साउन २१ गते मृत्यु भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077