Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

देशलाई हानी नहोस् भनेर चुप बसे : इमरान खान

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरिक ए इन्साफ पार्टीका अध्यक्ष इमरान खानले देशलाई नोक्सान हुन्छ भनेर सत्ता परिवर्तनका लागि भएको षडयन्त्रबारे आफू चुप बसेको बताएका छन् ।

खानले सत्ता परिवर्तनको षडयन्त्र कसले र किन गरेको भनेर आफूलाई थाहा भएको तर देशको भलाइका लागि आफू चुप बसेको बताए ।

अविश्वास प्रस्ताव पारित भएपछि उनले सत्ता छाड्न परेको थियो । इमरानले त्यतिबेला अमेरिकाले षडयन्त्र गरेर सत्ताबाट हट्नु परेको बताएका थिए । तर सत्ताबाट हटेपछि उनले कुनै सार्वजनिक अभिव्यक्ति दिएका थिएनन् ।

नागरिकलाई सत्यतथ्य थाहा दिनका लागि भिडियो बनाएर सुरक्षित रुपमा राखेको भन्दै उनले आफूलाई केही भइहाले पनि नागरिकले एक दिन सत्य थाहा पाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077