वीरगञ्ज । कटुवा पेस्तोल लिएर स्थानीयहरुलाई तर्साइरहेको अवस्थामा प्रहरीले बाराबाट दुई जनालाई पक्राउ गरेको छ ।
सिम्रौनगढ नगरपालिका-१ बस्ने २९ वर्षीय अनिल मुखिया र २५ वर्षीय गुड्डु मुखियालाई इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले प्रकाउ गरेको हो ।
उनीहरूको शरीर खातलासी गर्दा गुड्डु मुखियाको साथबाट कटुवा पेस्तोल फेला परेको प्रहरीले कार्यालय बाराले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।