वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट २७० किलो गाँजासहति २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार जिल्ला महोत्तरी ग्राम सेमरी ११ बस्ने २७ वर्षीय विजेशकुमार यादव र बिहार पूर्वी चम्पारणका ५० वर्षीय धर्मेन्द्र यादव रहेका छन् ।
वीरगञ्ज महानगरपालिका २१ परवानीपुरको बाटो हुँदै लागूऔषध गाजा ओसार पोसार भइरहेको सूचनाको आधारमा गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
युपी २१ एएन ९९५७ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा २७० किलो गाजा बरामद गरिएको र उनीहरु विरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको पर्सा प्रहरीले जनाएको छ ।