Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाल प्रहरीको प्रवक्तामा डिआईजी राई

    नेपाल प्रहरीको प्रवक्तामा डिआईजी राई

    अनलाइन नेपाल
  • बिहिबार, २३ असार २०७९
  • 909
    SHARES

    काठमाडौं। एसएसपी विष्णु केसीको काज सरुवा भएपछि नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डिआईजी) टेक प्रसाद राईलाई तोकिएको छ ।

    आईजीपी धिरज प्रताप सिंहले बिहिबार डीआईजी राईलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।



    यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी विष्णुकुमार केसीको सरुवा भएको छ । गृहमन्त्रालयले बुधवार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत केसीलाई अपराध अनुसन्धान विद्यालयमा सरुवा गरेको थियो ।



    राई असार १७ मा डीआईजीमा बढुवा भएका थिए । बढुवापछि उनलाई गृह मन्त्रालयले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार