Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

स्रोत नखुलेको १० लाख रूपैयाँसहित एक जना पक्राउ

रौतहट । स्रोत नखुलेको रकमसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

रौतहटको ईशनाथ नगरपालिका ६ स्थित चमनाका इलाकाबाट १० लाख नेपाली रूपैयाँ र १२ हजार ५ सय भारतीय रूपैयाँसहित भारत घर बताउने २६ वर्षीय मोहम्मद कमरे आलमलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

बि आर ५ यू ५१६५ नम्बरको मोटरसाइकलमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रामपुरखापबाट खटिएको टोलीले प्रकाउ गरेको हो ।

पक्राउ परेका आलमलाई बरामद रूपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077