काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारी टुंग्याउनका लागि समय माग गरेका छन् ।
जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष दाहालले पदाधिकारीको नाम टुंग्याउने विषयमा गृहकार्य नपुगेको भन्दै समय माग गरेका हुन् । आजको बैठकले १२५ जना पूर्ण र ३१ जना वैकल्पिक गरी १५६ जनालाई पोलिटब्युरो सदस्य बनाएको छ ।
आज बसेको केन्द्रीय कमिटिको बैठमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोलिटब्युरो सदस्यहरुको नाम घोषणा गरेका हुन्। त्यस्तै, उनले ४१ मध्ये १५ जना स्थायी कमिटीका सदस्यको नाम पनि टुंग्याएका छन् ।
यसअघि, सो पोलिटब्युरोलाई हलले ताली बजाएर पारित गरेपनि केही नेताले भने नाममा असन्तुष्टि जनाए। असन्तुष्टि सम्बोधन गर्न प्रचण्डले एक घण्टा बैठक स्थगित गरेका थिए।