Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

ज्यान मार्ने उद्योग मुद्दामा संग्लन पाँचजना पक्राउ

सप्तरी । ज्यान मार्ने उद्योग मुद्दामा संग्लन रहेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–६ घर भई हाल राजविराज नगरपालिका–८ बस्ने ३३ वर्षीय धनवीर साह, धनवीर साहकी श्रीमती ३२ वर्षीया सरिता देवी साह, राजविराज नगरपालिका–८ बस्ने ५५ वर्षीया अमरिकादेवी साह,

सोही ठाउँ बस्ने २५ वर्षीया रन्जु साह र २२ वर्षीया अर्चना कुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

उनीहरुले बलान बिहुल गाउँपालिका–५ घर भई हाल राजविराज नगरपालिका–८ बस्ने ४० वर्षीय विजयकुमार यादव, उनकी श्रीमती तथा छोरी समेतलाई धनवीर साह समेतका व्यक्तिहरूले असार १४ गते बिहान घरेलु हातहतियार प्रयोग गरी टाउको लगायत शरीरको सम्बेदनशील अंगहरूमा प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077