Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बैंकिङ कसुर मुद्दाका फरार गैरे पक्राउ

    बैंकिङ कसुर मुद्दाका फरार गैरे पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 714
    SHARES

    काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्त पक्राउ गरेको छ ।

    पाल्पा घर भई काठमाडौं महानगरपालिका-१ नागार्जुन बस्दै आएका ५६ वर्षीय विष्णु प्रसाद गैरेलाई शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।



    उच्च अदालत पाटनले २०७९ जेठ २७ गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै ७ लाख ४० हजार जरिवाना सुनाएको थियो ।



    तर उनी उक्त विगो रकम नतिरिकन फरार भएका थिए । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार