Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रश्नपत्र हुबहु मिलेपछि बीबीए छैटौं सेमेष्टरको परीक्षा रद्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले असार २२ (गत बुधबार) मा बीबीए छैटौं सेमेष्टरका लागि लिएको परीक्षा रद्द गरेको छ ।

व्यवस्थापन संकाय तर्फको ‘एमजीटी २०३ :अर्गनाइजेसन बिहाभियर’ विषयको परीक्षा रद्द गरेको हो ।

त्रिविले शुक्रबार सूचना प्रकाशित गरेर लिइसकेको उक्त परीक्षा रद्द गर्ने जानकारी गराएको छ । उक्त विषयको परीक्षा साउन १ गते हुने त्रिवि परीक्षा नियन्त्रण महाशाखाले जानकारी गराएको छ ।

मोर्डन नेपाल कलेजले ‘प्रिबोर्ड’ का लागि लिएको प्रश्नसँग त्रिविको प्रश्न हुबहु मिलेपछि परीक्षा रद्द गरिएको हो । सम्पन्न भइसकेको परीक्षा रद्द गर्ने त्रिविको निर्णयप्रति विद्यार्थीले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077