Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

आगनमा खेलिरहेकी बालिकाको अपहरण, २० लाख फिरौती माग्ने हुसेन पक्राउ

रौतहट । रौतहटमा चार वर्षीया बालिकालाई अपहरण गर्ने युवक पक्राउ परेका छन् ।

बिहीबार साँझ आफ्नै घरको आगनमा खेलिरहेकी बालिकालाई अपहरणमा गरी अपहरण गरेर २० लाख फिरौती माग्ने राजपुर ७ का २४ वर्षीय महमद अविर हुसेन पक्राउ परेका हुन् । असार २३ गते साँझ आफ्नै घरअगाडि खेल्दै गरेकी बालिका एक्कासी बेपत्ता भएकी थिइन् ।

बालिका बेपत्ता भएको केही समयपछि नै अपरिचित नम्बरबाट पीडितको आफन्तलाई फोन गर्दै अपहरणको जानकारी दिइएको थियो । फोनमा ती व्यक्तिले आफूले बालिका अपहरण गरेको र २० लाख फिरौती नदिए ज्यान मार्ने धम्की दिएका थिए । अपहरणकारीले बहुअर्वा मदर्सा अगाडिको सडक छेउमा रहेको गुम्ती पसल नजिक बाँसले बनाएको खाटमा सुताएर बालिकालाई राखेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।

अपहरणकारी रौतहटको ईशनाथ नगरपालिका–७ का २४ वर्षीय महमद अविर हुसैनलाई बिआर ०५ एएफ ०२८२८ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गर्न सफल भएको छ। पक्राउ परेका हुसैनविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा जिल्ला अदालत रौतहटबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको रौतहट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077