Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुर्खेतबाट करिब साढे १० लाखको लागूऔषधसहित पाँचजना पक्राउ

सुर्खेत । सुर्खेतमा साढे १० लाखको लागूऔषधसहित पाँचजना कारोबारी पक्राउ परेका छन् ।

शुक्रबार वीरेन्द्रनगर ५ भेटनरी लाइन सुर्खेतबाट स्थानीय ४० वर्षीया सुमित्रा कामीको घरबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुमित्रा कामीसहित उनका २३ वर्षीय छोरा रमेश सुनार, वीरेन्द्रनगर नगरपालिका –८ का २१ वर्षीय जीवन मर्साङगी मगर, वीरेन्द्रनगर ७ का २६ वर्षीय ललित सिंजाली र वीरेन्द्रनगर ३ सुर्खेतका २५ वर्षीय उत्तम शाही रहेका छन् ।

सुमित्रा कामीको घरबाट १ सय ग्राम ब्राउनसुगर र ७८ हजार १ सय ९० नगर रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सुमित्रासहित अन्य व्यक्तिको साथमा प्लाष्टिकसहित ८ सय ८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र लागूऔषध नापतौल गर्ने प्रयोजनको लागि राखेको डिजिटल तराजु एक थान पनि बरामद गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077