Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एक सातामै २६ सयले घट्यो सुनको मूल्य

    एक सातामै २६ सयले घट्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • शनिबार, २५ असार २०७९
  • 756
    SHARES

    फाइल फोटो

    काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो सातामा उक्त मूल्यले सुनको भाउ घटेको हो ।

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा घटेर प्रतितोला ९४ हजार ६०० रुपैयाँमा आइपुगेको हो । यस्तै, यो साता तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ छ ।



    शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर सोमबार स्थिर कायम भएको थियो । यस्तै, मंगलबार १०० रुपैयाँले बढेको सुनको भाउ त्यसपछि भने निरन्तर घट्न थालेको थियो । बुधबार एकै दिन १ हजार ६०० रुपैयाँ र विहीबार १ हजार ४०० रुपैयाँले घटेको थियो ।



    जुन, शुक्रबार स्थिर कायम थियो । यसैगरी, यो साता चाँदीको मूल्यमा समेत ठूलो गिरावट आएको छ । गत साताको शुक्रबार प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदी यो साताको शुक्रबार ११ सय ८५ रुपैयाँमा आइपुगेको छ । यो एक सातामै चाँदीको मूल्यमा आएको २५ रुपैयाँको गिरावट हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार