Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नायिका बनाइदिने भन्दै १५ वर्षीया किशोरीलाई भारतमा बेच्ने दुई जना पक्राउ

वीरगन्ज । भोजपुरी चलचित्रमा नायिका बनाइदिने प्रलोभन दिएर बालिकालाई भारत लगेर बेच्ने लगेको आरोपमा दुई जना प्रकाउ परेका छन् ।

वीरगन्जकी १५ वर्षिया बालिकालाइ भारतमा लगेर बेच्ने रौतहटको गौर नगरपालिका-२ घर भइ हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १६ मा बस्दै आएकी ४० वर्षीया चमेली देवी र भारत बिहारको सीतामढी जिल्लाको बासपट्टी पचरा बस्ने २२ वर्षीय रोशन तिवारीलाइ जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो।

१५ वर्षीया बालिकालाइ भोजपुरी सिनेमाको नायिका बनाइ दिने प्रलोभन दिएर चमेली देवी र रोशनले २०७८ फागुन १२ गते बिहारको पूर्वी चम्पारण, झिटकैया गाउँमा लगेर त्यहाँका एक भारतीय नागरिकलाई ३० हजार भारुमा बेचेर दुवै जना फरार भएका थिए।

असार २३ गते पर्साबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिकाका वडा नम्बर १६ बाट चमेली देवी र रोशनलाइ प्रहरीले पक्राउ गरेको हो।पक्राउ परेका दुवैलाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको पर्साका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077