Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जबरजस्ती करणी मुद्दामा फरार शिक्षक पक्राउ

चितवन । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी चितवन रत्ननगर नगरपालिका-१५ पिठुवा माधवपुर बस्ने ५४ वर्षीय भरत ढकाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत कास्कीको २०७१ फागुन २५ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद र ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति बापत भराई दिने ठहर भई फरार रहेका

उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले चितवन भरतपुर नगरपालिका-१५ पिठुवाबाट पक्राउ गरेको हो ।

चितवन साबिक गोरखा नगरपालिका-९ छेपेटारस्थित तारा उच्च माध्यामिक विद्यालयका शिक्षक ढकालले मादक पदार्थ सेवन गरी पीडित महिलाको घरमा कोही नभएको मौका छोपी २०६९ चैत ३ गते दिउँसो जबरजस्ती करणी गरेको मुद्दामा अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077