Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बकर इदले सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् : प्रधानमन्त्री देउवा

    बकर इदले सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् : प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • आइतबार, २६ असार २०७९
  • 825
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना दिएका छन् ।

    उनले शुभकामना सन्देशमार्फत् यस पर्वले सबै नेपालीलाई आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण, सम्बर्द्धन र विकास गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका हुन् ।



    बकर इद धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने पर्व भएको उल्लेख गर्दै प्रधामन्त्री देउवाले यस पर्वले एकआपसमा खुसी र सद्‌भाव बढाउने विश्वास व्यक्त गरेका छन्।



    प्रधानमन्त्री देउवाले यस्ता चाडपर्वहरूले सबै समुदायबीच आपसी सद्‍भाव, भाइचारा र सहिष्णुता अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार