Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

महिलालाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

धनकुटा । महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक वडाअध्यक्षलाई प्रकाउ गरेको छ । २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सहिदभूमि गाउँपालिका–५ का वडाअध्यक्ष सन्तोष राईलाई धनकुटा प्रहरीले पक्राउ गरेको हो ।

पीडित महिलालाई आरोपित राईले शुक्रबार बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनाएको छ ।

राईले युवतीलाई तेह्रथुमको वसन्तपुरस्थित ताप्लेजुङ होटलमा पुर्याएर बन्धक बनाएर बलात्कार गरेको आरोप लागेको छ। धनकुटाको हिले घुम्न जाउँ भनि बोलाएर वसन्तपुर पुर्याइ राति होटलमै बन्धक बनाइ राखि बलात्कार गरेको पीडित पक्षले उजुरी दिएको हो ।

पक्राउ परेका राईमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाका आरोपित राई गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनी निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077