Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पुलको पिल्लरमा झुण्डिएको अवस्थामा एक पुरूष मृत फेला

चितवन । पूर्वी चितवनको रत्ननगरस्थित बेल्सी पुलमा झुण्डिएको अवस्थामा एक पुरूष मृत फेला परेका छन् ।

पुलको पिल्लरमा नाइनलको डोरीमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान सवा ६ बजे मृत भेटिएका ती पुरूष अन्दाजी ५० वर्षका छन् ।

उनको नाम, थर, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077