Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एकजना मिटरब्याजी जनकपुरधामबाट पक्राउ

    एकजना मिटरब्याजी जनकपुरधामबाट पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 942
    SHARES

    जनकपुरधाम । धनुषामा एक जना मिटरब्याजी पक्राउ परेका छन् । जिल्लाको जनकपुरधामबाट धनुषाधाम नगरपालिका ५ का ४१ वर्षीय सुरेश यादव पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार यादवले स्थानीय शिवशंकर साहलगायत विभिन्न व्यक्तिहरूलाई रकमको तेब्बर, चौबर, पाँच गुणा बढी कपाली तमसुक बनाइ सोवापत जग्गा जमिन पनि पास गराइ ऋण दिने गरेका थिए ।



    यादवले साँवा ब्याजलगायतको रकम लिएपश्चात पनि जग्गा र कपाली तमसुक फिर्ता नगरी ब्याजको ब्याज लिएर ठगी गरेर फरार भएका थिए ।



    उनलाई आइतबार साँझ जनकपुरधाम उपमहानगरपालिका– ४ बाट नियन्त्रणमा लिइएको बताइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार