Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तीन दिनभित्र जवाफ माग

    अर्थ समितिको गृह मन्त्रालयलाई प्रश्न – आर्थिक संकटका बेला किन हतियार खरिद गर्न लागेको ?

    अर्थ समितिको गृह मन्त्रालयलाई प्रश्न – आर्थिक संकटका बेला किन हतियार खरिद गर्न लागेको ?

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 876
    SHARES

    काठमाडौं । संसद्को अर्थ समितिले सरकारले नेपाल प्रहरीलाई हातहतियार खरिद गर्न अनुमति दिएको बारे गृह मन्त्रालयसँग जवाफ माग गरेको छ । सोमबार बसेको अर्थ समितिको बैठकले सरकारले किन हतियार खरिद गर्न लागेको भन्दै मन्त्रालयसँग सम्पूर्ण कागजातसहित तीन दिनभित्र जवाफ माग गरेको हो ।

    मुलुकको आर्थिक अवस्था कमजोर बनेको, आर्थिक संकट निम्तिएको र डलरको सञ्चिति घटेको बेला बजेटमा उल्लेख नभएको विषयमा सरकारले हातहतियार खरिद गर्न थालेपछि सदनमा पनि विरोध भएको थियो । सरकारले तत्काल ८४ करोड रुपैयाँको हतियार खरिदका लागि नेपाल प्रहरीलाई अनुमति दिइसकेको छ।



    सो हतियार खरिदका लागि नेपाल प्रहरीले इटालीको एक कम्पनीबाट ल्याउने तयारी गरेको छ । नेपाल प्रहरीलाई आवश्यक परेकाले खरिद प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईले जानकारी दिए ।



    उनले नेपाल प्रहरीले सात वर्षदेखि हतियार खरिद गर्न नपाएको र अहिलेको अवस्थामा शान्तिसुरक्षा कायम गर्न हतियार खरिद गर्न लागेको बताए । उनले शान्तिसुरक्षालाई खलल नपुग्ने गरी हतियार खरिद गर्न लागेको र पैसा पनि नेपाल प्रहरीकै भएको स्पष्ट पारे ।

    संसदमा कुरा उठाउँदै सांसद नवराज सिलवालले अहिले नेपाल प्रहरीलाई हतियारभन्दा तालिम र प्रविधिको आवश्यकता रहेको बताएका थिए । उनले नेपाल प्रहरीको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्नेमा आर्थिक संकटको बेला हतियार खरिद गरेर सरकार चरम आर्थिक अनियमिततातिर लागेको आरोपसमेत लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार