Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पशु हाटवजार निर्माणका नाममा ४७ लाख अनियमितता, निर्देशकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय हरिहरभवन, ललितपुरका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत रामप्रसाद बँजगाई ,वरिष्ठ पशु चिकित्सक पूजा शर्मा, किराँत याकथुम चुमलुङ कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेश कुमार लिम्बु, व्यवस्थापक तेजमान कन्दङ्वा , कोषाध्यक्ष गणेश बहादुर सोदेम्बा र लाइफ टाइम इन्जीनियरिङ सोलुसनका सञ्चालक रोशन भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

अख्तियार उनीहरुविरुद्ध पशु हाटवजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुम जिल्ला, म्याङलुङ, नगरपालिका वडा नं. ०५, जिरीखिम्ति, माझगाउँमा आम्फुवा पशुहाटबजार निर्माण गर्न अनुदान आएकोमा निर्माण कार्य सम्पन्न नगरी ४७ लाख अनियमितता गरेको आरोपमा बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

उनीहरुलाई ४७ लाख सैतीस हजार बिगो माग दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077