Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अबैध २० लाख नगदसहित दुईजना पक्राउ

पर्सा । बीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रहरीले २० लाख नगदसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारस्थित रक्सौल घर भएका २८ वर्षीय सञ्जितकुमार र २४ वर्षका अनुराग मिश्र छन् ।

बिआर–ओएसयु–३५०० नम्बरको मोटरसाइकलमा सवार आरोपीहरुको साथबाट बरामद नगदको स्रोत नखुलेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथमा स्रोत नखुलेको नगद फेला परेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077